![FldsiX2aYAE3E19-e1672662461942](https://www.sutranews.com/wp-content/uploads/2023/01/FldsiX2aYAE3E19-e1672662461942.jpeg)
![बालकोटमा बाबुरामको मुस्कान](https://www.sutranews.com/wp-content/uploads/2023/01/FldsiX2aYAE3E19-e1672662461942.jpeg)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
सोमबार नेता भट्टराई ओली भेट्न उनकै निवास बालकोट पुगेका थिए ।
भेटमा समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको भट्टराईले ट्विटरमार्फत जानकारी दिएका छन् ।
उनले ओलीलाई प्रतिगमनकारीको संज्ञा दिंदै आएका थिए । खासगरी संसद विघटन भएपछि उनी ओलीप्रति एकाएक तातिएका थिए ।