नेकपा एसले प्रचण्डलाई विश्वासको मत नदिने-Sutra News

नेकपा एसले प्रचण्डलाई विश्वासको मत नदिने

सोमबार, १८ पौस २०७९

सोमबार, १८ पौस २०७९

प्रचण्डले सल्लाह नै नगरी प्रधानमन्त्री भएको भन्दै टिप्पणी गरिरहेको नेकपा एकीकृत समाजवादीले समर्थन गर्ने या नगर्न भन्ने कुरा अन्यौलमा रहेको बताएको छ । राजधानीमा बसेको पोलिटब्यूरो बैठकले प्रचण्डलाई सहयोग गर्ने या नगर्ने भन्ने कुरामा आफूहरु अझै एकमत नभएको निश्कर्ष निकालेको छ ।



नेकपा एस सरकारमा जाला या नजाला भन्ने विषयले यतिबेला ध्यान खिचेको छ । आफूहरु सरकारमा जान चाहे पनि कुनै औपचारिक प्रस्ताव नआएको नेताहरुले बताएका छन् ।

प्रवक्ता जगन्नाथ खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसँगै समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा आफूहरूलाई धर्मसङ्कट परेको बताए ।

अब वामपन्थी शक्तिहरुका बीचमा फेरी एकपटक एकता गर्नुपर्ने नेकपा एसका नेताहरुले बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड र नेपालको निकटता एकदमै नजिकिएको   थियो । तर प्रचण्डले अहिले ओलीको साथ लिएर प्रधानमन्त्री बनेपछि नेकपा एस प्रचण्डप्रति अलि रुष्ट बनेको छ । उनीहरु सरकारमा नजाने र प्रचण्डलाई विश्वासको मत एसनिकट नेताहरु बताउँछन् ।

यही पुष १० गते एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले पुष २६ गते विश्वासको मत लिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट