जसपा राजनीतिक समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु-Sutra News

जसपा राजनीतिक समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

मंगलबार, १९ पौस २०७९

मंगलबार, १९ पौस २०७९

काठमाडौँ ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाको राजनीतिक समितिको बैठक आज पनि बस्ने भएको छ ।



पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने नहुने विषयमा छलफल गर्न बैठक बस्न लागिएको एक नेताले जानकारी दिए ।

सोमबार सबै नेताले धारणा राख्न समय नपुगेको भन्दै बैठक निष्कर्षविहीन टुङ्गिएको थियो ।

बैठक सरकारमा सहभागिता, पछिल्लो राजनीतिक परिस्थिति र जसपाको भूमिका र निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित छ ।

प्रतिनिधि सभामा १२ सिट भएको जसपाले सात दलीय गठबन्धनको सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट