![prac](https://www.sutranews.com/wp-content/uploads/2022/12/prac.jpg)
![प्रधानमन्त्री प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्दै](https://www.sutranews.com/wp-content/uploads/2022/12/prac.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।
उनले सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि निर्देशनात्मक सम्बोधन गर्न लागेका हुन् ।
उनले यसअगाडी नै विभिन्न मन्त्रालयका सचिवहरुसंग छलफल गरिसकेका छन् । सचिवहरुका कार्यविवरण सुनिसकेपछि उनले आज आवश्यक निर्देशन दिन लागेका हुन् ।
पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए ।
उनी पुस १० गते एमालेको समर्थनमा नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।