एमालेमा प्रवेश गरे स्वतन्त्र सांसद साह, ओलीले गरे स्वागत-Sutra News

एमालेमा प्रवेश गरे स्वतन्त्र सांसद साह, ओलीले गरे स्वागत

मंगलबार, १९ पौस २०७९

मंगलबार, १९ पौस २०७९

काठमाडौं – रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा ९एमाले०मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् ।



उनले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट