![prem-ale](https://www.sutranews.com/wp-content/uploads/2022/01/prem-ale.jpg)
![आज दुई सांसदले शपथ लिँदै](https://www.sutranews.com/wp-content/uploads/2022/01/prem-ale.jpg)
काठमाडौं – पुस ७ गते शपथ नलिएका प्रतिनिधि सभाका दुई सांसदले आज शपथ लिने भएका छन् । आज नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमकुमार आले र नेपाली कांग्रेसकी सांसद माया राईले शपथ लिने भएका हुन् ।
दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको भवनमा उनीहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ खुवाउने छन्।