यातायात कार्यालय, एकान्तकुनामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमन, समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी-Sutra News

यातायात कार्यालय, एकान्तकुनामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमन, समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी

मंगलबार, १९ पौस २०७९

मंगलबार, १९ पौस २०७९

काठमाडौं – उप्रपधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अहिले मन्त्रालयको काममा व्यस्त हुन थालेका छन् । उपप्रधानमन्त्रीको वरीयतामा असन्तुष्टि जनाएपछि आइतबारदेखि मन्त्रालय जान थालेका श्रेष्ठले मंगलबार यातायात कार्यालय, एकान्तकुनामा आकस्मिक अनुगमन गरेका छन् ।



सवारी चालक अनुमतिपत्र लिनदेखि विभिन्न सेवा प्राप्त गर्न सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको गुनासो आइरहेका बेला उप्रधान तथा यातायात मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालयको अनुगमन गरेका हुन् । सो क्रममा उनले सेवाग्राहीका गुनासो समेत सुनेका थिए ।

मन्त्री श्रेष्ठले यातायात व्यवस्था सुधार विषयमा सरकारले तत्काल काम थाल्नका लागि प्रदेश सरकारसँग छलफल गरिरहेको जानकारी दिएका थिए ।

पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही गर्ने बताए । उनले त्यस्ता कर्मचारीहरुको तलबसमत काटिने बताए । मन्त्रालयका कार्यालय सहयोगीदेखि चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक बस्ने पनि श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट