सेयर बजारमा ३.०३ अंकले ओरालो, कारोबार रकम भने बढ्यो-Sutra News

सेयर बजारमा ३.०३ अंकले ओरालो, कारोबार रकम भने बढ्यो

मंगलबार, १९ पौस २०७९

मंगलबार, १९ पौस २०७९

काठमाडौं, १९ पुस । मंगलबार मंलबार सेयर बजार ओरालाे लागेकाे छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएकाे छ । मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो ।



सेयर बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ ।  २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ किता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार  भएको छ ।

हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  स्वेत गंगा हाइड्रोपावर र धाैलागिरि लघुवित्तको  १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  खप्तड लघुवित्त र अजोड बिमाको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो ।

कुल १०७ कम्पनीमा उकलो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थीर रहेको छ ।  १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट