पाकिस्तान- ६० सन्तान पाएको दाबी, अर्को बिहे गरेर अझ छोराछोरी पाउने इच्छा-Sutra News

पाकिस्तान- ६० सन्तान पाएको दाबी, अर्को बिहे गरेर अझ छोराछोरी पाउने इच्छा

मंगलबार, १९ पौस २०७९

मंगलबार, १९ पौस २०७९

पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो ६०औँ सन्तान जन्मेको दाबी गरेका छन्।



बीबीसीसँग कुरा गर्दै उनले आफ्ना पाँच सन्तानको मृत्यु भएको अर्थात् उनकै भाषामा उनीहरू “अल्लाहको प्रिय भएका” र ५५ जना जीवित र स्वस्थ रहेको बताए।

यति धेरै सन्तान जन्माइसकेका उनले अझै पनि आफू बच्चा जन्माउन नछाड्ने बताए।

उनका भनाइमा “अल्लाहको इच्छा भयो भने” उनी अझै धेरै सन्तान जन्माउनेछन्।

थप बच्चा जन्माउनका लागि उनले चौथो विवाह गर्ने योजना पनि बनाएका छन्।

को हुन् खान

पचास वर्षीय सरदार जान मोहम्मद खान क्वेटा सहरको पूर्वी बाइपासनजिकै बस्छन्। उनी खालजी समुदायका हुन्।

उनी डाक्टर हुन् र उनको त्यही क्षेत्रमा क्लिनिक छ।

उनले आफ्नो ६०औँ सन्तानका रूपमा आइतवार छोरा जन्मिएको बताए।

उनले ती बालकको नाम खुशहाल खान राखेका छन्।

उनले भने, “मैले खुशहाल खानको जन्म हुनुभन्दा पहिले उनकी आमालाई उमराह (हजजस्तै तीर्थयात्रा) का लागि लिएर गएको थिएँ, त्यसैले म उनलाई हाजी खुशहाल खान भन्छु।”

त्यति धेरै सन्तानको नाम याद छ त भनी सोध्दा उनले चर्को स्वरले हाँस्दै भने, “किन नहुनु?”

सन् २०५० सम्ममा विश्वको कुल जनसङ्ख्या वृद्धिमा ५० प्रतिशत योगदान दिने विश्वका आठ देशमध्ये पाकिस्तान पनि हुनेछ।

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् १९६० देखि विश्वभरि जनसङ्ख्या वृद्धिदर घट्दै गएको र सन् २०२० मा यो दर १ प्रतिशतभन्दा कम थियो भने पाकिस्तानमा १.९ प्रतिशत थियो। बीबीसी

चौथो विवाहका लागि महिलाको खोजी

सरदार जान मोहम्मद खानले आफूले चौथो पटक बिहे गर्न चाहेको र त्यसका लागि महिलाको खोजीमा रहेको बताए।

पाकिस्तानमा मुस्लिम पुरुषले बहुविवाह गर्न पाउँछन्। तर अर्को विवाह गर्न चाहने पुरुषले पत्नीको अनुमति लिनुपर्छ। अनि पुरुषले एक पटकमा चारवटी पत्नी मात्र राख्न पाउँछन्।

सरदार जान मोहम्मद खानले भने, “मैले मेरा सबै साथीहरूलाई मेरो चौथो विवाहका लागि केटी खोज्न मद्दत गर्न आग्रह गरेको छु। उमेर ढल्किँदै छ, त्यसैले चौथो बिहे छिट्टै होस्।”

उनले मात्र धेरै सन्तान जन्माउने इच्छा राखेका होइनन्, उनका श्रीमतीहरूको चाहना पनि त्यस्तै भएको उनको भनाइ छ। किनभने घरमा “छोराको भन्दा छोरीको सङ्ख्या धेरै” छ।

जान मोहम्मद खानले आफ्ना केही छोराछोरी २० वर्षभन्दा बढी उमेरका भए पनि उनीहरू पढिरहेकाले कसैको पनि विवाह नभएको बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट