![नेकपा एसको प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा, प्रवास इन्चार्जमा श्रीप्रसाद साह](https://www.sutranews.com/wp-content/uploads/2021/09/1630498345-RUiib.jpg)
![नेकपा एस सरकारमा जाने नजाने विषयमा अझै अनिर्णित](https://www.sutranews.com/wp-content/uploads/2021/09/1630498345-RUiib.jpg)
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने या नजाने भन्ने विषयमा नेकपा एकीकृत समाजवादी पार्टीले अझै निर्णय गर्न सकेको छैन ।
आज मङ्गलवार सम्पन्न पार्टी पोलिटब्युरो बैठकले सरकारमा जाने या नजाने भन्ने विषयमा निर्णय गर्न केन्द्रीय समितिलाई जिम्मा दिएको छ ।
बैठकमा नेताहरूले सरकारले देश र नागरिककाे हितमा ल्याउने कार्यक्रमलाई हेरेरमात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।
त्यसैगरी बैठकले वामपन्थी पार्टीहरूबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रीय सचिवालयलाई नै प्रदान गरेको छ ।