निर्वाचन आयोगविरुद्ध कामनपाका मेयर सर्वोच्च अदालतमा, यस्तो छ कारण-Sutra News

निर्वाचन आयोगविरुद्ध कामनपाका मेयर सर्वोच्च अदालतमा, यस्तो छ कारण

मंगलबार, १९ पौस २०७९

मंगलबार, १९ पौस २०७९

काठमाडौँ । निर्वाचन आयोगले खर्च विवरण नदिएको भन्दै काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई जरिवाना तिर्न लगाएपछि शाह सर्वोच्च अदालत पुगे ।



मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

उनले आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दावी गरेका छन् ।

निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको बालेनले दावी गरेका छन् ।

निर्वाचन आयोगले खर्च विवरण नबुझाउने देशभरिका प्रतिनिधिबाट जरिवाना मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट