अन्तर–कोरियाली सैन्य सम्झौतालाई निलम्बन गर्ने दक्षिण कोरियाको चेतावनी-Sutra News

अन्तर–कोरियाली सैन्य सम्झौतालाई निलम्बन गर्ने दक्षिण कोरियाको चेतावनी

बुधबार, २० पौस २०७९

बुधबार, २० पौस २०७९

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियाले फेरि आफ्नो हवाई क्षेत्रको उल्लंघन गरेमा सन् २०१८ मा दुई देशबीच गरिएको अन्तर–कोरियाली सैन्य सम्झौतालाई निलम्बन गर्ने चेतावनी दिएका छन् ।



उत्तर कोरियाले एकपछि अर्को शृंखलाबद्ध रुपमा आणविक हतियार परिक्षण गरिरहेका बेला राष्ट्रपति सुक–योलको भनाइ सार्वजनिक भएको हो । उत्तरले नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको दिन आणविक परिक्षण गरेको थियो । उसले सन् २०२२ मा धेरै आणविक परिक्षण गरेको थियो । उत्तर कोरियाले यसै  गत वर्ष आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने हाइपरसोनिक मिसाइल समेत प्रहार गरेके छ ।

उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले केही उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तरले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उसका कदमको विरोध गर्दै आएके छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट