काठमाडौं – नेपाली कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्न लागिएको हो । गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको प्रवक्ता महतले बताए ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले गठबन्धन गरेर चुनाव लडेका थिए । अहिले माओवादी केन्द्रले गठबन्धन तोडेर एमाले लगायतको दलको समर्थनमा सरको नेतृत्व गरिरहेको छ ।