![prachnd](https://www.sutranews.com/wp-content/uploads/2023/01/prachnd.jpg)
![प्रधानमन्त्री प्रचण्डले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल, अर्थतन्त्रको अवस्था बारे कुराकानी](https://www.sutranews.com/wp-content/uploads/2023/01/prachnd.jpg)
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेका छन् ।
बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न अर्थमन्त्री पौडेल र गभर्नर अधिकारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषय लगायतका बिषयमा छलफल भएको छ ।
यस्तै छलफलमा प्रधानमन्त्री प्रचण्डले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्ने बताए ।छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताएका थिए ।