काठमाडौं – मधेस प्रदेशमा नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई चयन गरेको हो ।
मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको हो ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव महोत्तरी क्षेत्र नं ४ (१)बाट निर्वाचित भएका थिए । दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदाररहेका थिए ।