उप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, श्रेष्ठलाई भारत भ्रमणको निम्तो-Sutra News

उप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, श्रेष्ठलाई भारत भ्रमणको निम्तो

बुधबार, २० पौस २०७९

बुधबार, २० पौस २०७९

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।



सोही क्रममा भारतको सहयोगमा भइरहेका विकास निर्माण कार्यमा चासो राख्दै राजदूत श्रीवास्तवले  नेपालको विकास र समृद्धिका लागि भारतले निरन्तर सहयोग गरिरहने बताए ।

साथै केही आयोजनामा देखिएका समस्या समाधानका विषयमा पनि मन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट