काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बुधबार अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विभिन्न विषयमा छलफल भएको छ ।
उनीहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको छ ।
यसअघि मंगलबार ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवाचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै छलफल गरेका थिए । त्यस लगत्तै ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पनि पुगेका थिए ।