काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार प्रम दाहाल र अध्यक्ष नेपालबीच सिंहदरबारस्थित नेकपा माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । उनीहरुबीचको भेटमा सरकारमा सहभागी हुने लगायत विभिन्न विषयमा छलफल भइरहेको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको बताइएको छ। प्रधानमन्त्री प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिँदैछन् ।