काठमाडौँ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई सरकारमा जान कुनै हतार नाभ्बेको बताएका छन् पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले अहिले राजनीतिक ‘पिक्चर’ नै ‘क्लिएर’ नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सरकारमा जाने÷नजानेबारे निर्णय नलिएको बताए ।
“वर्तमान राजनीतिक दृश्य प्रष्ट त हुनुप¥यो नि ?’ अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौँ, सबै स्पष्ट भएपछि निर्णय लिन्छौँ ।”
यसैगरी उहाँले आफ्नो पार्टी सरकारमा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताए । अध्यक्ष नेपालले पार्टीका सांसदलाई दलको ह्विप लाग्ने भन्दै सचेतसमेत गराउनुभयो ।