‘भागबण्डा मिलाउन मन्त्रालय फुट्दैन’-Sutra News

‘भागबण्डा मिलाउन मन्त्रालय फुट्दैन’

बुधबार, २० पौस २०७९

बुधबार, २० पौस २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन बैठक सम्पन्न भएको छ ।



आजको बैठकमा नागरिकका आम गुनासाहरुलाई कसरि सम्बोधन गर्ने विषयमा छलफल भएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

त्यस्तै भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्ततका केन्द्रित रहेर छलफल गरिरहेको लामिछानेले बताए ।

सत्ता गठबन्धनले भागबण्डा मिलाउन मन्त्रालय नफुटाउने पनि जनाएको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने गरी छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट