![congress-8 congress](https://www.sutranews.com/wp-content/uploads/2022/07/congress-8.jpg)
![काँग्रेसको निष्कर्ष- अपेक्षाकृत सफलता भएन तर सन्तोषजनक सफलता पायौं](https://www.sutranews.com/wp-content/uploads/2022/07/congress-8.jpg)
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली काँग्रेसले सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताएका छन् ।
।
विपक्षी दल बनेको कांग्रेसका प्रवक्ता डा महतले आज पत्रकार सम्मेलन गरी पार्टीका धारणा सार्वजनिक गरेका हुन् ।
निर्वाचनमा तत्कालीन सत्तागठबन्धनले कांग्रेसको नेतृत्वमा अपेक्षाकृत सफतला नपाए पनि सन्तोषजनक सफलता प्राप्त गरेको उनको भनाई छ ।
कार्यक्रममा उनले भने, “हामीले कही कतै पनि वैकल्पिक समर्थन जुटाएर सरकारको नेतृत्व लिनेतर्फ पनि कुनै प्राथमिकता दिएनौँ, त्यो अवस्थामा गठबन्धन टुट्नु र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन छोडेर जानुमा कांग्रेसको कुनै दोष छैन् । यद्यपि सरकारको नेतृत्व उहाँलाई दिएर गठबन्धन बचाउने विकल्पका बारेमा छलफल गर्ने, सोच्ने र निर्णय गर्ने समय प्राप्त भएन ।”