अर्थ मन्त्रालयले भन्यो- राष्ट्र बैंकमाथि हस्तक्षेप हुँदैन, अर्थतन्त्र सुधार्न समन्वय हुन्छ-Sutra News

अर्थ मन्त्रालयले भन्यो- राष्ट्र बैंकमाथि हस्तक्षेप हुँदैन, अर्थतन्त्र सुधार्न समन्वय हुन्छ

बुधबार, २० पौस २०७९

बुधबार, २० पौस २०७९

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार गर्न वित्त नीति र मौद्रिक  नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन् ।



अर्थ मन्त्रालयमा आज भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उहाँले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भए पनि हस्तक्षेप नहुने प्रस्ट पारे ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायलाई  कार्यान्वयन गरेर अघि बढ्नसमेत कर्मचारीलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले पुस १८ गतेसम्म अधिक तरलता रु २७ अर्ब रहेको,  नेपालमा रु ३२ अर्बसम्मको अधिक तरलतालाई राम्रो मानिने गरेको र गत हप्ता ४५ दिनको लागि रु ५० अर्ब तरलता प्रवाह गरेको जानकारी पनि गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट