काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
उनले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाइएको छ ।
यस्तै सत्तारुढ प्रमुख तीन दलबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ ।
एमालेले १० मन्त्रालय पाउने दाबी गरेपनि गठबन्धनका नेताहरुबीच अब एमालेले ९ मन्त्रालय पाउने भएको छ । यस्तै रवि लामिछाने नेतृत्वको रास्वपाले एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाउने स्रोतले जानकारी दियो ।
त्यस्तै सरकारले छिट्टै नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।