सरकारद्वारा अर्थका दुई सचिव हेरफेर-Sutra News

सरकारद्वारा अर्थका दुई सचिव हेरफेर

बिहिबार, २१ पौस २०७९

बिहिबार, २१ पौस २०७९

काठमाडौं – सरकारले अर्थका दुई सचिव हेरफेर गरेको छ । बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको छ भने राजस्व सचिवमा डा। रामप्रसाद घिमिरेलाई लाने निर्णय गरेको हो ।



उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो । अर्थतन्त्र सुधारका लागि सरकारले जिम्मेवारी हेरफेर गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि अर्थसचिव कृष्णहरि पुष्कर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट