श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु-Sutra News

श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौं । श्रीस्वस्थानी व्रतकथा शुक्रबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने श्रीस्वस्थानी व्रतकथा माघ शुक्ल पूर्णिमासम्म रहन्छ ।भगवान् शिवको पूजा आराधना गरी बसिने स्वस्थानी व्रत एक महिनासम्म नित्य नुहाइधुवाइ गरी शिवको आराधना गरिने धार्मिक चलन छ ।



यो व्रत बस्नाले व्रताकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोग नष्ट हुने जनविश्वास छ । यही व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको धार्मिक विश्वास छ ।
सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउँ भनि श्री स्वस्थानी व्रत बसेको र व्रतको प्रभावले पार्वतीले शिव पति पाएको धार्मिक विश्वास गरिन्छ । श्री स्वस्थानी व्रत आरम्भ भएसँगै काठमाडौंको शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट