एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठनको प्रतिनिधिमण्डललाई भेट गरे प्रधानमन्त्रीले, भने – ‘सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ’-Sutra News

एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठनको प्रतिनिधिमण्डललाई भेट गरे प्रधानमन्त्रीले, भने – ‘सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ’

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौं – प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ् । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।



त्यस अवसरमा विद्यार्थीहरुले उनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताए ।

यस कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने उनको भनाई थियो । सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको कुलपति हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट