जगन्नाथलाई बालुवाटार बोलाएर सरकारलाई समर्थन गर्न आग्रह गरे प्रधानमन्त्री प्रचण्डले-Sutra News

जगन्नाथलाई बालुवाटार बोलाएर सरकारलाई समर्थन गर्न आग्रह गरे प्रधानमन्त्री प्रचण्डले

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाबीच भेटवार्ता भएको छ ।



शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न खतिवडा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न र विश्वासको मत दिन आग्रह गरेको बताइएको छ ।

उनको जवाफमा खतिवडाले यसबारे पार्टीमा छलफल गरिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट