प्रचण्डका ज्वाँई हैन जनताका माननीय, मन्त्री बन्न खोज्दा किन हुँदैछ रोइलो?-Sutra News

प्रचण्डका ज्वाँई हैन जनताका माननीय, मन्त्री बन्न खोज्दा किन हुँदैछ रोइलो?

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौं– प्रदेश १ को सरकार गठनको समय नजिकिँदै जाँदा एक जना माननीय मन्त्री बन्ने तयारी हुँदा नेकपा माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले रोष प्रकट गर्न थालेका छन्।



मोरङ–६ ‘क’बाट निर्वाचन जीतेका प्रदेश सभा सदस्य जीवन आचार्य मन्त्री बन्न लागेको भन्दै माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा आलोचना गरेका छन्। जबकि, उनी माओवादी केन्द्रका नै माननीय हुन्।

आचार्यको नीजि सम्बन्ध प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रहेका कारणले नै अवसर लिन लागेको भनेर आलोचना भएको हो। उनी नातामा प्रचण्डका कान्छा ज्वाँई हुन्। तर, आचार्य प्रदेश सभामा भने दोस्रो इनिङ्समा निर्वाचित भएका हुन्। ०७४ को निर्वाचनमा उनी पराजित भएका थिए।

आचार्यविरुद्ध सामाजिक सञ्जालमा विरोधको क्याम्पेन माओवादीका प्रदेश सांसद नै रहेका र मन्त्रीका आकांक्षी गणेश उप्रेतीले चलाएको बताइन्छ। उनी पक्षमा पैरवी गर्ने माओवादी केन्द्र निकट पत्रकार संगठनका नेतादेखि जिल्लाका कार्यकर्ताले आचार्यको खैरो खन्न थालेका छन्।

यति मात्र होइन, उप्रेती आफैं पनि सामाजिक सञ्जालमा आक्रामक देखिएका छन्। माओवादी प्रदेश १ का सचिव समेत रहेका उप्रेती लेख्छन्,‘राजनीती गर्नेहरूले राजनैतिक निर्णय र राजनैतिक पहलकदमी लिएकै राम्रो त्यसभित्र अराजनैतिक र मूल्य मान्यता नाघेर निर्णयहरू लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन ।’

तर कतिपयले भने विकाससँग जोडिएका आचार्य मन्त्री बन्दा कुनै पनि घाटा नहुने तर्क गरिरहेका छन्। राजनीतिमा सम्बन्धको कसीलाई उप्काउनु गलत हुने भन्दै एक जना माओवादी नेता भन्छन्,‘अब उनको नीजि सम्बन्ध कुन नेतासँग कस्ता प्रकारका छन् अथवा माओवादी केन्द्रका अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सम्बन्धको कसी गौण बनिसकेको छ। यसबेला उनी प्रदेश १ का माननीय हुन् र यो यथार्थलाई कसैले नकार्न सक्तैन।’

चुनावअघि टिकट वितरणका क्रममा जे–जति सहमति र असहमति थिए त्यो अलग पाटो हो। तर, मैदानमा उत्रिएर चुनाव जीतिसकेको एउटा सांसदले मन्त्री बन्ने आकांक्षा राख्नु र जनतासँग विकासका काममा जोडिन्छु भन्नुलाई नातावादी प्रवृत्ति अथवा सामन्तवादको भण्डार र अवशेषको बहस गर्नु कति जायज होला?

राजनीतिमा सम्बन्धको मुनाफा कसले उठाएको छैन र? तर त्यो कति गतिशील र सृजनशील बनिरहेको छ भन्नेचाहिँ मूल प्रश्न हुन्छ। भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी पहिलो पटक जीत निकाल्दा आलोचना थुप्रै भएका थिए। तर, दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा उनको जीत अर्थपूर्ण थियो।

भरतपुर महानगरपालिकामा उनले जति विकासको गति दिएकी छन्, त्यसैको परिणतिका रुपमा उनी दोस्रो पटक बिजयी भइन्। स्वयम् सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डकी छोरी भनेर आलोचना गरेका थिए। तर जनताले उनलाई अनुमोदन गरिदिए, उनी परिक्षामा पास भइन्।

भिडिओ रिपोर्ट

कतिपयले चुनावअघि रोक्न नसक्ने र अहिले रोइलो गर्नुको औचित्य नहुने पनि तर्क अघि सारेका छन्। अर्का माओवादी केन्द्रीय सदस्य भन्छन्,‘चुनावअघि टिकट वितरणका क्रममा जे–जति सहमति र असहमति थिए त्यो अलग पाटो हो। तर, मैदानमा उत्रिएर चुनाव जीतिसकेको एउटा सांसदले मन्त्री बन्ने आकांक्षा राख्नु र जनतासँग विकासका काममा जोडिन्छु भन्नुलाई नातावादी प्रवृत्ति अथवा सामन्तवादको भण्डार र अवशेषको बहस गर्नु कति जायज होला?’

०७४ को प्रदेश सभा निर्वाचनमा पराजय भोगीसकेपछि आफ्नो क्षेत्रमा विकासदेखि जनताका साना समस्यासँग जोडिएका थिए, आचार्य। आचार्य जोडिँदा निर्वाचन क्षेत्र अथवा प्रदेशले केन्द्रसँगको समन्वयलाई बलियो बनाउन सक्यो। राजनीतिमा रवि लामिछानेहरूको उदय स्वभाविक हुने तर जीवन आचार्यहरूको छलाङ हुने तर्कचाहिँ बाञ्छनीय नहुने तर्क पनि अघि आएका छन्।

भलै आचार्य जनयुद्धमा सामेल भएनन् होला तर शान्तिपूर्ण राजनीतिमा उनको योगदान छैन भन्न पनि मिल्दैन। यदि थिएन भने मोरङ जिल्ला कमिटीले उनको नाम किन सिफारिस गरेको थियो? प्रदेश कमिटीमा उनलाई टिकट दिन हुँदैन भनेर किन रोकिएन?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट