उपप्रधानमन्त्री श्रेष्ठलाई भेटे अमेरिकी राजदूतले-Sutra News

उपप्रधानमन्त्री श्रेष्ठलाई भेटे अमेरिकी राजदूतले

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौं । उपप्रधान तथा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।



शुक्रबार भएको भेटमा राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् । साथै भेटमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ । एक साताअघि राजदूत थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट