काठमाडौं – अर्थसचिव तोयम राया र राजस्व सचिव डा। रामप्रसाद घिमिरेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् । शुक्रबार सचिवद्वय राया र घिमिरेलाई सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वागत गरे । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा राया र घिमिरेलाई नयाँ जिम्मेवारी दिएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो । अर्थतन्त्र सुधारका लागि सरकारले जिम्मेवारी हेरफेर गरेको एक मन्त्रीले जानकारी दिए