काठमाडौं – जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिँने बताएका छन् ।
शुक्रबार संसद भवनमा बसेको सर्वदलीय बैठकपछि बोल्दै यादवले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गरे । उनले भने – ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको २६ पुसमा बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरिएको छ ।