प्रचण्डप्रति हामिहरु सकारात्मक छौं, विश्वासको मतबारे निर्णय गर्न बाँकी छ – माधव नेपाल-Sutra News

प्रचण्डप्रति हामिहरु सकारात्मक छौं, विश्वासको मतबारे निर्णय गर्न बाँकी छ – माधव नेपाल

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वासको मतको विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको बताएका छन् । शुक्रबार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकपछि पत्रकारहरसँग कुरा गर्दै अध्यक्ष नेपालले सो कुरा गरेका हुन् ।



अध्यक्ष नेपालले सरकारको गतिविधि हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय गर्ने बताए । उनले प्रचण्डप्रति आफूहरु सकारात्मक रहेको पनि बताए ।

उनले भने – ‘प्रचण्डप्रति सकारात्मक धारणा छ, सरकार कुन ढंगले अघि बढ्छ, सोहीअनुसार निर्णय लिन्छौँ।’ प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।

उनले अब आफ्नो पार्टी जनता र राष्ट्रका बिषयबस्तु उठानमा केन्द्रित हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट