कांग्रेसका नेताहरु फकाउँदै जनार्दन शर्मा, किन रिसाए देउवा ?-Sutra News

कांग्रेसका नेताहरु फकाउँदै जनार्दन शर्मा, किन रिसाए देउवा ?

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफ्नो भेटवार्तालाई तिव्र बनाएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिँने दिन नजिकिँदै गर्दा नेता शर्माले भेटवार्तालाई तिव्र बनाएका हुन् । बिहिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका नेता शर्माले शुक्रबार पनि कांग्रेसकै नेता रामचन्द्र पौडेललाई पनि भेटे ।



उनीहरु दुवैसँगको भेटमा नेता शर्माले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरेको बताइएको छ । देशमा अब ब राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको भन्दै उनले प्रचण्डलाई विश्वासको मत दिनुपर्ने नेता शर्माको प्रस्ताव छ ।

शर्माको यस प्रस्तावमा नेता पौडेलले सकरात्मक प्रतिक्रिया दिए पनि सभापति देउवाले भने केही नभनेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले आउँदो पुष २६ गते संसदमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट