जसपा- नेकपा एसबीच एकता हुन लागेको हो?-Sutra News

जसपा- नेकपा एसबीच एकता हुन लागेको हो?

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच एकताका लागि पहल हुँदैछ ।



विगतमा नेकपा एमालेसँग छुट्टिएको नेकपा एस र लोकतान्त्रीक पार्टीसँग सँगसंगै रहेको जसपाबीच एकता हुन लागेको हो ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने बताएका छन् ।

शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् ।

‘पहिले जनता समाजवादी पार्टी नेपालसँग वार्ताको प्रक्रिया आरम्भ गर्नेछौँ, विषय वस्तुको बारेमा छलफल हुनेछ, त्यसपछि सहकार्यका प्रक्रियादेखि पार्टी एकताको प्रक्रियासम्म कुराकानी हुनेछ । अन्य दलसँग पनि विभिन्न तवरमा कुरा हुनेछ । माधवले भनेका छन् ।

त्यस्तै जसपा पनि  नेकपा एससँग एकता गर्न सकारात्मक देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट