रविले घटाए आफ्नो सुरक्षाकर्मी, अगुवा-पिछुवा सुरक्षाकर्मी सहितको गाडी पनि नराख्ने-Sutra News

रविले घटाए आफ्नो सुरक्षाकर्मी, अगुवा-पिछुवा सुरक्षाकर्मी सहितको गाडी पनि नराख्ने

शुक्रबार, २२ पौस २०७९

शुक्रबार, २२ पौस २०७९

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षामा खटिने सुरक्षाकर्मी घटाएका छन् । उनले इन्स्पेक्टरको टोलीमा खटिएका सुरक्षाकर्मी घटाएर सईको नेतृत्वको सुरक्षाकर्मी खटाउने बताएका छन् ।



‘उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरिक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको छु ।’ उनले भनेका छन् ।

त्यस्तै उनले सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेका छन् ।

उनले आफूले सधैं ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्ने र सडक लेन पूर्णरुपमा पालना गर्ने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट