बालुवाटार बैठक- शीर्ष नेताको हातमा पुग्यो न्यूनतम साझा कार्यक्रमको मस्यौदा-Sutra News

बालुवाटार बैठक- शीर्ष नेताको हातमा पुग्यो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

शनिबार, २३ पौस २०७९

शनिबार, २३ पौस २०७९

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठन भएको समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गरेको छ ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा शनिबार संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका हुन् ।

सो समितिमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राप्रपाका  महामन्त्री धवलशम्शेर राणालगायतका नेताहरु रहेका छन् ।

तयार भएपछि सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट