चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने उनले बताए ।