कोष व्यवस्थापन कम्पनीको छैटौं वार्षिक साधारणसभा सम्पन्न-Sutra News

कोष व्यवस्थापन कम्पनीको छैटौं वार्षिक साधारणसभा सम्पन्न

आइतबार, २४ पौस २०७९

आइतबार, २४ पौस २०७९

कृषि विकास बैंक लि. बाट संस्थापित, प्रबर्द्धित तथा व्यवस्थित कोष व्यवस्थापन कम्पनी लि.को छैटौं वार्षिक साधारणसभा मिति २०७९ पौष २३ गते शनिवारका दिन कृषि विकास बैंकको मुख्य कार्यालयको सभाहलमा भव्यतापूर्वक सम्पन्न भयो ।



कोष व्यवस्थापन कम्पनीका अध्यक्ष तथा कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रताप सुवेदीको अध्यक्षतामा बसेको उक्त साधारणसभामा उक्त कम्पनीका संचालकहरु मीनराज पोखरेल, सुशिल हुमागाईं, सूर्य प्रकाश हाडा, दिल बस्नेत तथा उक्त कोषका महाप्रबन्धक मनोजभक्त आचार्य, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधिहरु तथा अधिकांश शेयरधनीहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका अध्यक्ष प्रताप सुवेदीबाट पानसमा बत्ती बाली उद्घाटन गरिएको उक्त साधारण सभामा कम्पनीका अध्यक्षले पेश गरेको आव २०७८।७९ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरण माथि शेयरधनीहरुको तर्फबाट कृषि विकास बैंकका प्रतिनिधि तथा बैंकका कम्पनी सचिव हिमलाल पौडेल, कोषका पूर्व महाप्रबन्धक तथा शेयरधनी डा. राजन थापा र शेयरधनी जनार्दनबाबु कट्टेलले आ–आफ्नो धारणा राख्नुका साथै कम्पनीको प्रगति तथा साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

शेयरधनीहरुबाट उठाइएको जिज्ञासाको जवाफ दिनुका साथै कोषको सबल पक्षहरु तथा कोषले आगामी दिनमा गर्न लागेको कार्यहरुको विषयमा अध्यक्षले सुवेदीले आफ्नो धारणा राखेका थिए । उक्त साधारणसभा कार्यक्रमको संचालन कम्पनीका सचिव व्यास कुमार शर्माले सम्पन्न गरेका थिए

छैटौं साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, कम्पनीको वित्तीय विवरण अनुमोदन गर्नुका साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट