माधव नेपाल र उपेन्द्र यादवलाई फकाउँदै प्रचण्ड-Sutra News

माधव नेपाल र उपेन्द्र यादवलाई फकाउँदै प्रचण्ड

आइतबार, २४ पौस २०७९

आइतबार, २४ पौस २०७९

काठमाडौं – पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरुसँगको भेटघाट बढाउदै लगेका छन् । संसदमा विश्वासको मत लिँने दिन नजिकिँदै गर्दा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भेटवार्ता गरेका गरेका हुन् ।



आइतबार पनि प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवलाई भेट गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाल र यादवलाई सरकारमा सहभागी हुन र विश्वासको मत दिन अनुरोध गरेका छन् । उक्त भेटवार्ता सपछि एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने सम्भावन ादेखिएको छ भने जसपाले भने सरकारलाई विश्वासको मत दिने बारे बैठक बसेर निर्णय लिने बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले पुष २६ गते संसदमा विश्वासको मत लिदैछन् । प्रचण्ड गएको पुष १० गते एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट