‘समाजवादी ध्रुवीकरणका लागि मुद्दा मिल्ने पक्ष, समूह र व्यक्तित्वहरूसँग सहकार्य आवश्यक’-Sutra News

‘समाजवादी ध्रुवीकरणका लागि मुद्दा मिल्ने पक्ष, समूह र व्यक्तित्वहरूसँग सहकार्य आवश्यक’

आइतबार, २४ पौस २०७९

आइतबार, २४ पौस २०७९

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी ध्रुवीकरणका लागि मुद्दा मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरूसँग सहकार्य गर्दै जानुपर्ने बताएका छन् । आइतबार बसेको पार्टीको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै भट्टराईले यस्तो बताएका हुन् ।



राजनीतिक प्रतिवेदनमा डा। भट्टराईले देशमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धिका लागि एउटा सशक्त समाजवादी केन्द्रको आवश्यकता रहेको बताएका छन् । एक्लैले ती चुनौतीहरू सामना गर्न नसकिने भन्दै उनले विचार र मुद्दा मिल्नेहरूसँग पार्टी एकीकरण गर्नुपर्ने बताए ।

उनले भने हामी एक्लैले ती चुनौतीहरू सामना गर्न सम्भव हुँदैन । त्यसका लागि हामी मुद्दा मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरूसँग सहकार्य गर्दै जानुपर्छ भने विचार र मुद्दा मिल्नेहरूसँग पार्टी एकीकरण गर्नुपर्छ उनले अहिले युग सुहाउँदो अग्रगामी राजनीतिक विचार, शक्ति र दलको निर्माण र ध्रुवीकरण आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट