अमेरिकालाई धेरै हानी पुर्‍याउने सबैभन्दा प्रख्यात जासूस २० वर्षपछि रिहा-Sutra News

अमेरिकालाई धेरै हानी पुर्‍याउने सबैभन्दा प्रख्यात जासूस २० वर्षपछि रिहा

आइतबार, २४ पौस २०७९

आइतबार, २४ पौस २०७९

एजेन्सी – शीतयुद्ध कालमा सबैभन्दा प्रख्यात जासूसमध्येकी एक एना मोन्टेस २० वर्षको जेल सजायपछि रिहा भएकी छिन् । ६५ वर्षीया मोन्टेसले खुफिया निकायमा  विश्लेषकको रूपमा काम गर्दा क्युबाका लागि जासुसी गर्न करिब दुई दशक बिताएकी थिइन । रिहापछि पनि उनी पाँच वर्ष निगरानीमै रहनेछिन् ।



सन् २००१ मा पक्राउपछि उनले क्युबामा अमेरिकी गुप्तचर कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरेको अधिकारीहरुले दाबी गरेका थिए ।

उनी अमेरिकाद्वारा पक्राउ परेका सबैभन्दा हानिकारक जासूसमध्ये एक थिइन । राष्ट्रपति जर्ज डब्लु बुसको नेतृत्वमा काउन्टर–इन्टेलिजेन्सको प्रमुख मिसेल भान क्लीभले सन् २०१२ मा कांग्रेसलाई सम्बोधनका क्रममा मोन्टेसले सबै कुरामा सम्झौता गरेको  बताएकी थिइन् ।

पक्राउपछि मोन्टेसमाथि चार जना गुप्तचरहरूको परिचय र ठूलो परिमाणमा गोप्य सामाग्रीहरू उपलब्ध गराएको आरोप लागेको थियो । उनलाई २५ वर्षको जेल सजाय तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट