ओली भन्छन् – प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ, सरकार पनि टिक्छ-Sutra News

ओली भन्छन् – प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ, सरकार पनि टिक्छ

आइतबार, २४ पौस २०७९

आइतबार, २४ पौस २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार लामो समय टिक्ने दाबी गरेका छन् । आइतबार धुलिखेलमा पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकला दाहाल प्रचण्डलाई आफूहरुले विश्वासको मत दिने भन्दै उनले सरकार पनि टिक्ने बताए । यो परिवर्तन चानचुने कुरा नभएको उनको भनाई छ ।



उनले भने, ‘अहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको छ। यो परिवर्तन चानचुने कुरा होइन । प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिँदैहुनुहुन्छ । तर सरकारविरुद्ध अनेक प्रयास भएका छन्। हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। सरकार पनि टिक्छ।’

उनले देशी (विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताए । उनले यो कुरा आफूहरुले चुनावमै भनेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट