आज प्रतिनिधिसभाको बैठक बस्दै, भोलि प्रचण्डले विश्वासको मत लिने-Sutra News

आज प्रतिनिधिसभाको बैठक बस्दै, भोलि प्रचण्डले विश्वासको मत लिने

सोमबार, २५ पौस २०७९

सोमबार, २५ पौस २०७९
फाइल तस्बिर

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि शुरु हुनेछ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको बैठक बल्ल आज बस्न लागेको हो ।



बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पनि पढेर सुनाइन्छ ।

त्यसपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने पनि कार्यसूची रहेको छ । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चालन गर्नेछन् भने सदस्यलाई उनले नै स्वागत गर्नेछन् । आज जबराले नै पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट