काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक दशक अघिबाट ल्याएको मर्जर नीति सफल हुँदै आइरहेको बताएका छन् । सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ समारोहमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले बैंकिङ क्षेत्रको संख्या बढ्दै जाँदा प्रणालीमा लागत बढ्ने र अस्वस्थ प्रतिस्पर्धा बढ्ने भएपछि मर्जर नीति ल्याएको बताए ।उनले मर्जर नीति ल्याएदेखि सफल पनि भएको बताए । उनले भने संस्था धेरै हुने तर वित्तीय पहुँच नबढ्ने र अस्वस्थ प्रतिस्पर्धा भएको अवस्थामा मर्जर नीति अघि बढाइएको हो
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूपछि बनेको बैंकको एकीकृत कारोबार शुभारम्भ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि सहभागीता रहेको थियो ।