काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र अन्य दललाई पनि मत दिन आग्रह गर्ने निर्णय गरेको एक नेताले बताए । यस्तै बैठकमा उपप्रधान तथा गृहमन्त्री एवम् पार्टी सभापति लामिछानेले सम्बोधन गर्ने बताइएको छ ।