ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्जरपश्चात एकीकृत कारोबार सुरु-Sutra News

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्जरपश्चात एकीकृत कारोबार सुरु

सोमबार, २५ पौस २०७९

सोमबार, २५ पौस २०७९

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपश्चात आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । ग्लोबल आइएमई बैंकको नामबाट एकिकृत कारोबार सुरु गरिएको छ ।



यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकले गत मंसिर २३ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जर सम्बन्धि प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए ।

दुई बैंकले एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जर गरेका थिए । नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस १९ गते दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान भएसँगै एकिकृत कारोबार सुरु गरेका हुन ।

मर्जरपश्चात् बैंकको केन्द्रिय कार्यालय हालको ग्लोबल आइएमई बैंकको केन्द्रिय कार्यालय रहेको स्थान कमलादीमा रहने बताइएको छ ।

यी दुई बैंकहरूका अनुसार मर्जरपछि कुल सम्पत्ति रू. ५ खर्ब ५ अर्बभन्दा बढी, कुल निक्षेप रू. ४ खर्ब १२ अर्बभन्दा बढी र कुल ग्राहक संख्या ४० लाखभन्दा बढी पुगेको छ । देशको ७७ जिल्लासँगै विदेशमा समेत गरेर मर्जरपछि ११ सय सेवा केन्द्रबाट बैंकले सेवा प्रदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट