![rabi](https://www.sutranews.com/wp-content/uploads/2023/01/rabi-1.png)
![संसदमा गर्जदै रवि लामिछानेले गरे आग्रह – भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ, छुटाउन कुनै पनि वाधा नपुर्याउनुहोला](https://www.sutranews.com/wp-content/uploads/2023/01/rabi-1.png)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले भ्रष्टाचारका फाइल खोल्र्नु पर्ने र निर्मम भएर छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेत रहेका उनले सो कुरा गरेका हुन् ।
भ्रष्टाचारका फाइल खोल्र्नु पर्ने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा उभिन सबै दल र सांसदहरुलाई आग्रह गरे । भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि वाधा नपुर्याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरुले अनियमिता र कुनै पनि काण्डमा नमुछिने वाचा गरे ।
उनले भने ‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई निराशाको मत भनिएको छ । तर, होइन हामीले पाएको मत आशाको हो, जनताको जीविकाको पक्षमा बलियो आवाज आफूहरुले उठाउने जानकारी दिँदै उनले जनताको चाहनाअनुरुपको काम गर्ने र सोहीअनुसारको भूमिका खोलिदिन विपक्षी दलसँग आग्रह पनि गरे ।