![khag](https://www.sutranews.com/wp-content/uploads/2023/01/khag.jpg)
![गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त](https://www.sutranews.com/wp-content/uploads/2023/01/khag.jpg)
पोखरा – एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुरूले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको दाबी गरेका थिए ।अधिकारीले आजै मुख्यमन्त्री पदकाे सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।