आफ्ना विरोधीहरुलाई समीक्षाले दिइन् कडा जवाफ – ‘कसैलाई मेरो गीत सुन्नु छैन भने नसून, मलाई अपशब्द भन्ने के हक र साइनो छ ?’-Sutra News

आफ्ना विरोधीहरुलाई समीक्षाले दिइन् कडा जवाफ – ‘कसैलाई मेरो गीत सुन्नु छैन भने नसून, मलाई अपशब्द भन्ने के हक र साइनो छ ?’

सोमबार, २५ पौस २०७९

सोमबार, २५ पौस २०७९

काठमाडौं – गायिका समीक्षा अधिकारीले आफ्ना विरोधीहरुलाई कडा जवाफ दिएकी छिन् । एक घटनाका कारण पछिल्लो समय सामाजिक सञ्जालमा उनको हरेक पोष्टमा नकरात्मक कमेन्टहरु गरिरहेका हुन्छन् । यसैबीच समीक्षाले आफूलाई नकरात्मक कमेन्ट गर्नेहरुलाई सामाजिक सञ्जालमा नै स्टाटस लेखेर जवाफ दिएकी छिन् ।



उनले आफ्नो गीत नसुने पनि अपशब्द सुन्न नचाहेको बताएकी छिन् । उनले भनेकी छिन् कसैलाई मेरो गीत सुन्नु छैन भने नसून र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ रु

उनको स्टाटस यस्तो छ – “एउटा ठुलै विद्वानले भनेका रैछन् मान्छे तिन किसीमका हुन्छन् । उच्च स्तरको त्यो हो जसले बिचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटीया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरुको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन् ।”

“सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरुलाइ थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गित नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।”

“कसैलाई मेरो गीत सुन्नु छैन भने नसून र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?हुन त हिउँदका कठ्याङ्ग्रिदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दीदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मनलागी उड्छन् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट