घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने, महासचिव पदमा दाबी-Sutra News

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने, महासचिव पदमा दाबी

मंगलबार, २६ पौस २०७९

मंगलबार, २६ पौस २०७९

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । नेकपा (एमाले) परित्याग गरेपछि गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका उनी माधव कुमार नेपाल नेतृत्वको एसमा प्रवेस गर्न लागेका हुन् ।



उनले आफू एसमा प्रवेसको लागि प्रस्ताव पनि पठाएको जनाइएको छ । एसका एक नेताका अनुसार उनको प्रस्ताव मंगलबार बसेको सचिवालय बैठकले स्वीकार गरेको छ भने फेरि एसबाट पनि प्रस्ताव पठाउने तयारी भएको छ ।

भुसालले एसमा महासचिव पदमा आकांक्षा राखेको बताइएको छ । उनको आकांक्षा जे भएपनि अहिले सचिवालय सदस्य बनाइने ती नेताले बताए । भुसाल निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवारी दिएर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट